कथाको मूल भावः
गाउँको माया कथाका रचनाकार इस्माली हुन् । प्रगतिवादी कथाकार इस्मालीको यस कथामा तराईको परिवेशलाई उतारिएको छ । कथामा शोषक र शोषितको बीचको द्धन्द्धलाई देखाइएको छ । शोषित वर्गमा सामन्तवादी व्यवहारसँग लड्ने क्षमता त छ तर सामन्तले गरिबीभित्र नै खेलेर एकता टुटाइदिएको घटनालाई कथाले उतारेको छ । कथाले म पात्र (किसन) पढेर गाउँ फर्कंदा गाउँको मायाले भुतुक्कै भएको तर गाउँका कर्मठ साथीहरु हलीको हली नै भएका उनीहरुमा नपढेकाले समाज नबदलिएको भन्ने चेत आएको, सामन्त साहूहरुले गरिबको भोकमाथि खेलेर फुटाऊ र राज गर भन्ने नीति लिएको यथार्थलाई प्रस्तुत गरेको छ । तराईका जात्रामेला, संस्कृति आदि तिनै गाउँमा बस्ने मान्छेहरुले धानेका छन् । त्यहाँको प्रकृतिसँग जुधेर तिनै गरिब सोझा किसानहरुले कृषि उत्पादन गरिरहेका छन् । उनीहरुले आफूले पसिना बगाएर पनि श्रमको मूल्य पाइरहेका छैनन् । बाबु हली भएपछि छोरा पनि हली नै हुनुपर्छ भन्ने सामन्ती सोचले गर्दा गरिबको जीवनस्तर माथि उठ्न नसकेको हो । समाजका सामन्तले गरिबलाई कहिल्यै माथि उठ्न दिएका छैनन् । गाउँमा पढेलेखेका मानिसहरु बसिदिने हो भने सामन्ती व्यवहार हराएर जाने थियो । गाउँ श्रमजीवीहरुकै हो । उनीहरुले नै गाउँलाई हराभरा बनाउन सक्छन् । समाजमा सामन्तहरुको वर्चस्व कायमै छ । एकदिन गरिबहरुमा आएको चेतनाले पक्कै पनि यो समाजलाई बदल्नेछ भन्ने आशय यो कथाले व्यक्त गरेको छ गाउँ हाम्रो जन्मस्थान हो, यहाँका चालचलन, प्रकृति, संस्कृति, जीवनशैली, भाषा, बोली, लवज, हामीले जहाँ गए पनि भुल्न सक्दैनौँ भन्ने भाव कथाले प्रस्तुत गरेको छ । गाउँलाई माया गर्छु भनेर मात्रै हुँदैन गाउँमा विद्यमान असमानताहरुको अन्त्य गरी त्यहीका श्रमिकहरु र जमिनको सम्बन्धलाई जोड्न सक्यौँ भने मात्र गाउँको विकास हुन सक्छ र असली अर्थमा गाउँलाई माया गरेको ठहर्छ भन्ने भाव पनि कथाले प्रस्तुत गरेको छ ।
४. 'जमाना थियो...उनीहरूसँग मिसिन्थें' कथांश पढी सोधिएका प्रश्नको संक्षिप्त उत्तर दिनुहोस्।
क) म पात्रलाई पढाउनुपर्छ भनेर उत्साह गर्ने को थिए ?
उत्तरः म पात्रलाई पढाउनुपर्छ भनेर उत्साह गर्ने टोलका मानिस थिए ।
ख) परिछनको नियति कसरी पुस्तान्तरण भएको हो ?
उत्तर: परिछनको नियति गोठालो बस्ने, ज्याला कमाउने र हली बस्ने गर्दै पुस्तान्तरण भएको हो ।
ग) यस अनुच्छेदमा प्रयुक्त लोकगीत अशले दिने बिचारप्रति आफ्नो धारणा व्यक्त गर्नुहोस् ।
उत्तरः यस अनुच्छेदमा प्रयुक्त लोकगीत 'गाई चराउने मान्छे टुहुरोजस्तो हुन्छ, भैंसी चराउने मान्छे दूध धेरै आओस् भनेर चोर हुन्छ र बाखा चराउने मान्छे छाडा बोल्ने खालका हुन्छन्। त्यसैले लेखपढ गरेर सभ्य हुनुपर्छ भनेर तराईमा उपदेश दिइन्छ भन्ने बिचारलाई व्यक्त गरिएको छ । पढेर विद्वान हुनुपर्छ गंवार हुनुहुँदैन भन्ने विचार राखेकाले मेरो सकारात्मक धारणा छ ।
(घ) म पात्रले परिछनलगायतका बालदौँतरीसँग सम्बन्ध सुधार्न केके गर्यो होला ?
उत्तरःम पात्रले परिछनलगायतका बालदौँतरीहरुसँग सम्बन्ध सुधार्न बिदाको दिन पारेर ओरहा खाने, गिर खेल्ने, कपर्दी खेल्ने निहुँ बनाउनु पर्यो होला ।
ङ) यस अनुच्छेदको मुख्य सन्देश के हो ?
उत्तरःजति नै पढेलेखेको भए पनि आफ्नो गाउँ, आफ्ना बालसखा, आफ्नो गाउँको चालचलनलनलाई भुल्नु हुँदैन भन्नु नै यस अनुच्छेदको मुख्य सन्देश हो ।
५.दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
खोलो अचेल फेरि गाउँतिर सोझिएको रहेछ । यो खोलाले पनि गाउँलाई धुरुक्कै रुवायो । हुन त रुवायो मात्रै भन्नु खोलाप्रति अन्याय ठहर्ला । यो खोलाले गाउँलाई पालेको पनि छ । हाम्रो विगतको लगभग आधा उमेर यही खोलाको डिल र बगरहरूमा बितेको थियो । कहिले ओराहा खाने निहुँमा त कहिले गाईभैंसी चराउने निहुँमा । खोलामा बाढी आएको बेला हामी गाईको पुच्छर समाएर बाढी तर्ने गथ्यौं अथवा यस्तो बेलामा हामी खोलाको किनारमा बसेर बाढीको आनन्द लुथ्र्यौ । तर्न डराउने कोही मानिस आए भने हामी तीनचार जना एकअर्काको हात समाउँदै बाढीमा हेलिन्थ्यौ र किनारमा पर्खिरहेको मानिसलाई तारिदिन्थ्यौ र यस्तो काममा खास गरी परिछनकै विशेष रुचि थियो । “यहीनिर कुवा छ, गए सालको वर्षामा मूल फुटेको एकदम चिसो र मिठो पानी छ। ऊ पानी लिएर आइसकेको थियो ।
क) खोलाले रुवायो भन्दा मात्र कसरी अन्याय हुन्छ ?
उत्तरः खोलाको बाढीले दुःख मात्रै दियो भन्नु हुँदैन, यसले गाउँलाई भरणपोषण गरेको हुन्छ । त्यस्तै खोलाको बगरमा बिताएको बाल्यकाल बाचुन्जेलका लागि स्मरणीय पनि बनेको हुन्छ त्यसैले खोलाले रुवायो भन्दा अन्याय हुन्छ ।
ख) म पात्रका खोलासँगका अनुभूति कस्ता छन् ?
उत्तर:म पात्रका बाढी आउँदा गाईको पुच्छर समाएर तरेको, बटुवालाई खोला तारिदिएको, अरु बेलामा बगरमा खेलेरे रमाएका अनुभूतिहरु छन्।
६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
"त्यही कुराको खुसी छ हिम्मत त किन हारिन्थ्यो र अरे, एक साल भएन त अर्को साल कहाँ जाला ! जब उत्तर गए रण ये तो पिछे हटना क्यों ? तर एउटा कुराको दुःख छ भाइ ! यस्तो बेलामा किसुन भाइ तिमी पनि गाउँमा हुँदा हौ त हामीलाई धेरै आडभरोस मिल्थ्यो, बल मिल्थ्यो, आखिर हामी त मूर्ख र गंवार न हौ । तिमी लेखपढ गरेको मान्छे । तिमी भन्या गाउँको अभिमान हौ, हाम्रो इज्जत हो । तर तिमी पनि परदेशी भइदिंदा गाउँ मालिकहरूको एकलौटी रजाईमा पर्छ...।"
क) कृष्णलाई किन सबैले सम्मान गरेका हुन् ?
उत्तरः म पात्रको नाम किसन हो । उनले हरेक कुरा टिप्छन् भनेर टोलका मान्छेले पढाउनुपर्छ भने । उनी गाउँका एकमात्र पढेलेखेका युवा हुन् । गाउँमा ठूलाठालुले गरिब किसानलाई फुटाऊ र राज गरको नीति लिए । किसनजस्तो पढेको मानिस गाउँमा हुने हो भने गाउँ बदलिन्छ भन्ने लागेको छ । पढेलेखेको मानिस भएकाले कृष्णलाई सबैले सम्मान गरेका हुन्
ख) पढेलेखेका मानिसले गाउँ छोड्यो भने कस्तो असर पर्छ ?
उत्तर: पढेलेखेको मानिसले गाउँ छोड्यो भने कथित मालिकहरुको एकलौटी चल्छ । उनीहरुले गरिबलाई जुधाएर राज गर्छन् पढेका मानिसले त सामन्तसँग जुध्छन् । सामाजिक न्यायका लागि लड्छन् । यस्ता मान्छेले गाउँ छोडे भने गाउँको प्रगति नहुने मात्रै होइन गरिबको बिचल्ली हुन्छ।
समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) 'जाउँको माया' कथामा कस्तो समाजको चित्रण गरिएको छ ?
उत्तर : 'गाउँको माया' कथामा तराईको सामाजिक परिवेशको चित्रण गरिएको छ । गाउँलाई नै कथाले केन्द्र बनाएको छ । तराईको गाउँको भाषा, संस्कृति, बोली, जीवनशैली, त्यहाँका मानिसहरुको सुखदुख, वर्गीय स्थिति, द्धन्द्ध आदिलाई कथाले परिवेश बनाएको छ । तराईमा बस्ने, गाईवस्तु पाल्ने, बालबालिकाहरु खोलाको बगरमा रमाउने र मालिकको हलिया भएर दिनरात जोतिने गाउँलेहरुको सामाजिक जीवनको चित्रण कथाले गरेको छ । मालिकले सोझसाझा गाउँलेलाई आफ्नो चङ्गुलमा पारेर सधैँलाई दास बनाउन खोजे पनि गरिबमा पनि चेतना आएकाले समाज बिस्तारै परिवर्तनको दिसातिर मोडिदै छ भन्ने कुराको सङ्केत कथाले गरेको छ। बिचरा! सोझा गरिबहरु पेटको कीरा मार्न साहूसँग नै मिलेर आफ्नै वर्गका सपनालाई निस्तेज पारिदिने गरेको यथार्थलाई पनि कथाले प्रस्तुत गरेको छ जात्रामेला भनेपछि हुरुक्कै हुने, नाटक खेल्ने र आफ्नै जीवनको महत्त्व बिस्तारै बुझ्दै गएको ग्रामीण समाजको चित्रण कथाले गरेको छ ।
(ख) 'गाउँको माया' कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस् :
(अ) कृष्ण
(आ) परिछन
उत्तर :
अ) कृष्णः कथाको प्रमुख पात्र, तराई गाउँमा जन्मिएको, गाउँका मान्छेले पढ्न टाठो छ भनेर पढ्न पठाएको पात्र, गाउँलाई धेरै माया गर्ने पात्र, सहरमा गई पढेर ज्ञान आर्जन गरी गाउँलाई विकासतर्फ लानुपर्छ भन्ने पात्र, आफ्नो गाउँ, छिमेकी, साथी, गाउँको प्रकृति सम्झने पात्र, गाउँका मानिसहरुकै पक्षमा बोल्ने पात्र, अपठित आफ्ना साथीहरुलाई गाउँ तिमीहरुकै हो, तिमीहरुले नै गाउँ बनाउन सक्छौ भनेर आडभरोसा जगाउने पात्र, पढेर जन्मभूमिको विकास गर्नुपर्छ भन्ने पात्र, प्रगतिशील चरित्रको पात्र, मञ्चीय पात्र, सत् पात्र आदि।
आ) परिछनः कथाको सहायक पात्र, मधेषी मूलको पात्र, अपठित पात्र, श्रमजीवी पात्र, सामन्तहरुबाट चेपिएको पात्र, गोठालो, हली भएर काम गर्न वाध्य भएको पात्र, बिस्तारै वर्गीय चेतना बढ्दै गएको पात्र, मजदुरहरु एक हुनुपर्छ भन्ने मान्यता राख्ने पात्र, ग्रामीण परिवेशमा सङ्घर्ष गर्दागर्दै खारिएको पात्र, पढेलेखेका मान्छेहरु गाउँ फर्किदिए सामन्तसँग जुध्न सकिन्थ्यो भन्ने मान्यता राख्ने पात्र, हिम्मत नहार्ने पात्र, श्रमजीवी, शोषित, पीडित वर्गको प्रतिनिधित्व गर्ने पात्र आदि ।
७)
व्याख्या गर्नुहोस :
क)
हाम्रो गाउँम पनि साचैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन् |
उत्तर
: किशन “गाउको माया “ कथाको मुख्य पत्र हुन् | उनि गाउँमा पढ्नको लागि श्रोत र
साधन नभएको कारणले सहर गएका थिए पढाईको सन्धर्भमा | पढाईको लागि सहर छिरीसक्दा पनि
उनले आफ्नो गाउलाई बिर्सेको भने थिएनन् | उनलाई गाउको यादले सताई रहन्थ्यो | दुइ
वर्षपछि गाउ फर्कदा उनले गाउंमा निकै परिवर्तन देखे | गाउँमा यस्तो सकारात्मक
परिवर्तनलाई देखेर उनलाई आफ्नो गाउँमा साचैका मान्छे रहेछन् भन्ने जस्तो लग्यो |
रबिन – हुडको नाटक रिहर्सल गर्न थालेका
गाउँलेमा पहिले भन्दा बढी परिवर्तन आएको रहेछ |आफ्नो लागि मात्र सोच्ने गाउँलेमा
अहिले अर्काको खुसीमा रमाउन र दुखमा दुखि
हुन लागेका रहेछन् | साहुहरुलाई आफ्नो देवता मानेर चाकरी गर्ने गाउँलेमा आहिले आफ्नो श्रमको उचित मूल्य मग्न थालेका रहेछन् | आफ्नो मेहेनत अनुसारको ज्याला नडराई
मग्न सक्ने भइ सकेका रहेछन | आफ्नो गाउ ठाउँ आफैले बनाउन पार्छ भन्ने खालको भाव उनिहरुमा
पलाइसकेको रहेछ | किशनले दुइ वर्ष आगाडी छोडेको गाउँलेमा र अहिलेको गाउँलेमा धेरै
सामाजिक ,मानशिक विकास लहर देखा परेको छ | मानविक गुडको विकास र आफ्नो
अस्तित्वको पहिचान गाउँलेले गरेको देखेर किशनले आफ्नो गाउँमा सचैका मानिस रहेछन्
भनेका हुन् |
ख)
तिम्रो पखुरीले खोलाको धारा त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त ?
उत्तर:
प्रस्तुत अंश कक्षा ११ को अनिवार्य नेपाली पुस्तक अन्तर्गत पर्ने “गाउँको माया “
कथाबाट साभार गरिएको हो | कवयित्री इस्मालीले यस कवितामा पाखुरीमा बल वयेका गाउँको गरीब
किशानले चाह्यो भने हरेक जटिल काम सजिलै गर्न सक्ने बताएकी छिन् | सामाजिक एथार्थको विसयमा लेखिएको यस
कथाले निकै गम्भीर समस्याको उठान गरेर जना चेतना फैलाएको छ |
यस कथाको पात्र परिछन् मजदुर
,किशन , र गरीब वार्गको प्रतिनिधि हो | ऊ लगायत सम्पूर्ण गरीब किशनले गाउँमा विकाश होस् र धनि र गरीब बिचको
खाडल पुरियोस भन्ने चाहन्छन् | ठुला बाठाहरुले गाउँमा कव्जा गरेर गरीबको श्रमसोसड गर्दै आएको दुखद
ईतिहास यहाँ ब्यक्त गरिएको छ | बास्तवमा भन्नेहो भने गाउँ परिचन जस्तोको श्रम र पसिनाले चलेको हो ,
ठुला ठालुहरुको हुकुमले यहाँ केहि पनि हुदैन | गाउँको इज्जत र गहना भनेकै परिचन
जस्तो कशान हुन् | यसै कारड किशनले परिचनलाई ऊ संग खोलाको धार बदल्ने सामर्थ्य छ भनेर
सम्पूर्ण किशानलाई उनीहरुको अस्तित्वोको
भाव झल्काएका हुन् | कथाकार इस्माली येश कथाको मध्यम बाट सभै गरीबललाई,धनि र गरीबको
बिचको खाडल उनीहरुलेनै पुर्न सक्ने बताए |
तसर्थ
: किशान भनेका सर्वस्रेस्ट प्राणी हो | उनीहरु आफु घामपानी नभनी
अरुको लागि सुनरुपी आन्न फलाउँछन् | उनीहरुसंग जे पनि गर्न सक्ने ताकत छ | आफ्नो समस्या उनीहरु आफै समाधान गर्न
सक्छन् |
उनीहरुले आफ्नो हक र अधिकारको लागि लाड्नु पार्छ भन्ने कविताको मूल सार हो |